वीरगन्ज,२१वैशाखः बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ परवानीपुर बजारमा आइतबार राति ट्याक्टरबाट माटो खसाउने क्रममा एकजना युवकको च्यापिएर मृत्यु भएको छ। स्थानीय रामबाबु रौनियारको जग्गामा ट्याक्टरले रातिको समयमा माटो खसाउने क्रममा च्यापिएर प्लास्टिक टिप्ने युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार रातिको समयमा खाली जग्गामा माटो खसाउने क्रममा प्लास्टिक टिपेर जीविकोपार्जन गर्न अन्दाजी ३५ वर्षको युवकको ट्याक्टरले च्यापिएर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्याक्टरले च्यापेर मृत्यु भएको जस्तो देखिएकाले सिसिटिभीको मद्दतले अनुसन्धान प्रक्रिया अगाडि बढेको अवस्था छ ।
मृतक युवकको अहिलेसम्म पहिचान खुल्न नसकेकाले घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान प्रक्रिया पनि अगाडि बढाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार मृतक युवक ट्याक्टरले च्यापिएपछि घटनास्थलबाट केही अगाडि शवलाई राखिएकाले घटनामा अनुसन्धान प्रक्रिया बढेको छ ।साभारः नयाँपत्रिका

