मधेसखबर , वीरगन्ज १८: नेपाली नागरिकता त्यागेर विभिन्न देशको नागरिकता लिएका चिकित्सकहरूको दर्ता प्रमाणपत्र (मेडिकल लाइसेन्स) खारेज गर्ने प्रक्रिया तीव्र बनाएको छ।
शुक्रबार मात्रै थप १९ जना चिकित्सकको लाइसेन्स रद्द गरिएको काउन्सिलले जनाएको छ।
यसअघि यही साता १७ जनाको लाइसेन्स खारेज गरिएको थियो। शुक्रबारको निर्णयसँगै एक साताभित्र लाइसेन्स गुमाउने चिकित्सकको संख्या ३६ पुगेको छ।
काउन्सिलका रजिष्ट्रार का अनुसार नेपाली नागरिकता परित्याग गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत विभिन्न मुलुकको राहदानी लिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो।
उनले ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार विदेशी नागरिकता लिएका व्यक्तिले नेपाली मेडिकल लाइसेन्स कायम राख्न नमिल्ने व्यवस्था रहेकाले सो निर्णय गरिएको बताए।


