Madhes Khabar
स्वास्थ्य हेडलाइन

अस्पतालभित्र फोटो र भिडियो खिचे कारबाही हुन्छ:स्वास्थ्य मन्त्रालय

काठमाडौँ,१६वैशाख: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र गैरकानुनी गतिविधि नगर्न र नगराउन कडा चेतावनी दिएको छ ।

बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटो र भिडियो खिच्ने, भिडभाड गर्ने तथा उपचारमा अवरोध पुऱ्याउने गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै अस्पताल संवेदनशील क्षेत्र भएकाले स्वीकृतिबिना भिडियो बनाउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता २०७४ को ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको हो ।

यस्ता कार्यले बिरामीको गोपनीयता हनन र उपचार प्रक्रियामा असर पर्ने हुँदा स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न मन्त्रालयले अनुरोध गरेको छ ।

कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । उपचारमा त्रुटि भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने विकल्प पनि मन्त्रालयले सुझाएको छ ।

Related posts

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

MadhesKhabar

सरकारी अस्पतालहरुमा स्वास्थ्यमन्त्री यादवको निरन्तर अनुगमन

MadhesKhabar

वडा अध्यक्ष रमेश यादवद्वारा जसपा परित्याग, वडा अध्यक्ष पदबाट पनि राजिनामा

MadhesKhabar

Leave a Comment