Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबलको उपाधि निजगढ फुटबल क्लबले जित्याे 

वीरगन्ज ,१२ वैशाख:पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बाराकाु निजगढ फुटबल क्लबले उचालेको छ ।

 

शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लब निजगढले ३-० गोल अन्तरले आयोजक शक्ति युवा क्लबलाई हराउँदै उपाधि उचालेको हो ।

 

पहिलो हाफकाे खेल गोलरहित बराबरीमा सकिएकोमा दुबै टिमले दोस्रो हाफको सुरु देखि खेलमा गति बढाएका थिए ।

खेलको ५६ औं मिनेटमा निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले पहिलो गोल गरेका थिए । पहिलो गोल खाएपछि शक्ति युवा क्लबका खेलाडी निरास हुदै खेलको ५९ औं मिनेटमा अर्को गोल पनि खाए ।

दोस्रो गोल पनि निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले नै गरेका थिए । खेलमा ठुलो दबाबमा रहेको शक्ति युवा क्लबले हार स्विकार्दै गर्दै खेलिरहेको थियो ।

८० मिनेटको खेलमा अतिरिक्त समय ६ मिनेट थप भएपछि अन्तिम मिनेटमा निजगढ फुटबल क्लबले तेस्रो गोल गरेको थियो । उक्त गोल निजगढका खेलाडी सृजन क्षेत्रीले गरेका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले भए । उनले नगद २१ सय सहित शिल्ड र प्रमाणपत्र पाए ।

यस्तै बेस्ट प्रशिक्षकको पुरस्कार निजगढ फुटबल क्लबका सन्तोष गुरुङले पाएका थिए । उनले नगद २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

बेस्ट गोलकिपरका पुरस्कार पनि निजगढका युनिस चौधरीले पाए । चौधरीले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

बेस्ट फरवार्डको पुरस्कार निजगढ फुटबल क्लबका खेलाडी बिक्रम थोकरले पाएका हुन् । थोकरले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

बेस्ट मिडफिल्डरका पुरस्कार निजगढ फुटबल क्लबका खेलाडी अजित चौधरीले पाए । चौधरीले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाए भने म्यान अफ द सिरिज शक्ति युवा क्लबका कप्तान सन्दीप यादवले पाए । यादवले ५१ सय सहित शिल्ड र प्रमाणपत्र पाए ।

प्रतियोगितामा उपाधी उचालेको निजगढ फुटबल क्लबले  २ लाख सहित शिल्ड र प्रमाणपत्र पायो । यो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले वितरण गरेका थिए ।

खेलमा दोस्रो भएको शक्ति युवा क्लबले १ लाख सहित शिल्ड र प्रमाणपत्र पाएको थियो । यो पुरस्कार कार्यक्रमका बिशिस्ट अतिथि वीरगन्ज-२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले वितरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रशिक्षक र गोलकिपरको पुरस्कार पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसीयाले वितरण गरेका थिए ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको समापन कार्यक्रममा स्वागत मन्तव्य शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवस्तवले गरेका थिए ।

 

 

Related posts

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

MadhesKhabar

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment