Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा रहेका मदरसाहरुमा प्रहरीले सुरु गर्‍यो अनुगमन

वीरगन्ज,१० वैशाख : वीरगन्जमा सञ्चालनमा रहेका मदरसाहरुमा प्रहरीले अनुगमन गरेको छ । वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले बुधबार वीरगन्जका चार वटा मदरसाहरुमा अनुगमन गरेको हो ।

बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको नुरन्नबी तालिमुल कुरआन, जामिया मदनिया तालिमुल कुरआन,यतिमखाना दारुल यतमा इस्लामिक र वडा नम्बर ३ छपकैयामा बरकतुल उलुममा गएर अनुगमन तथा निरीक्षण गरिएको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए ।

अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया तथा सञ्चालन सम्बन्धी कागजातहरूको जाँच गरिएको उनले बताए । निरीक्षणकै क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि त्यसलाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए।

प्रहरीका अनुसार पछिल्लो समय भएका केही गतिविधिलाई मध्यनजर गर्दै यस्तो अनुगमनलाई तीव्रता दिइएको हो। वीरगन्जका अन्य मदरसाहरूमा समेत निरन्तर रूपमा अनुगमन तथा निरीक्षण गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

Related posts

वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट

MadhesKhabar

सैनिक कर्मचारीलाई प्रधानसेनापतिको निर्देशन, निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउनू

MadhesKhabar

वीरगंजको नारायणी अस्पतालमा पोस्ट नेटल केयर वार्ड निर्माण हुने

MadhesKhabar

Leave a Comment