Madhes Khabar
मधेस प्रदेश

राैतहटमा मापसे गर्ने चालककाे संख्या बढ्दाे, ३ महिनामा १४ को मृत्यु

रौतहट,२९ चैत:जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ३ महिनामा २३ लाख १० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । गत माघ,फागुन र चैत महिनामा २२ सय कारबाहीका क्रममा उक्त राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।

उक्त तीन महिनामा मापसे गरेर सवारी चलाउने संख्या बढेर २ सय ४१ पुगेको छ भने २ सय ८६ सवारी दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ४४ जना गम्भीर र ४ सय ९ जना सामान्य घाईते भएका छन ।

‘३ महिनाको अबधिमा हामीले जिल्लाभर ९ सय ९८ जनचेतनामूलक कार्यक्रम सन्चालन गरेर दुर्घटना रोक्ने प्रयास गर्यौ,चालकले लापरबाहीकै कारण अङ्गभङ्ग हुने देखि मृत्यु समेत हुने गरेको पाइयो,उनले भने,”तीब्र गतीमा सवारी चलाउने,मापसे गर्ने र हेलमेट प्रयोग नगर्ने मुख्य समस्याका कारण दुर्घटना हुने गरेको छ,हामी दुर्घटना हुनै नदिन र चालक लाई सचेत गराएर ट्राफिक नियम पलना गराउन दिनरात खटिएका छौ,’एकल प्रयासले मात्र सम्भव नहुने हुदा चालकले पनि आफू सचेत हुन जरुरी छ,नियम पालना गरे दुर्घटना घट्ने र मानवीय क्षती नहुने हुँदा सबैले आफ्नो दायित्व पूरा गर्नुपर्न्ने देखिन्छ,उनले भने।’

Related posts

मधेस प्रदेश सबैभन्दा गरिब प्रदेश : कार्यवाहक मुख्यमन्त्री यादव

MadhesKhabar

‘जेनजी’ आन्दोलनमा मधेसका पालिकाहरुमा अर्बौको क्षति : सेवा प्रवाहमा समस्या,सेवाग्राहीलाई सास्ती

MadhesKhabar

राैतहटकाे बनाना रिसोर्टमा आगलागी, ४० लाख बढीको क्षति

MadhesKhabar

Leave a Comment