Madhes Khabar
मधेस प्रदेश

महोत्तरीको सम्सीमा लुटेरा समूहबाट बालिका बलात्कृत

सांकेतिक फाेटाे

महाेत्तरी,२६माघ:महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका २ पर्सामा लुटेरा समूहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ ।चार जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण मामा घरमा बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी बालिकालाई लुटेराहरूले घरबाट १ किलोमिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेको सम्सी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विपिन बिहारीले बताए ।

मंगलबार राति चार जनाले घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई खेतमा लगेर बलात्कार गरेकाे वडाध्यक्षले बताए । पीडित बालिकाको बयानअनुसार घटनास्थलकाे मुचुल्का र दिएको हुलिया अनुसार केही व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

आमा बोल्न नसक्ने र बालिका डराएका कारण मंगलबार राति भएको घटना बुधबार साँझ मात्रै सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएपछि शंकास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चार जनाको समूहमा रहेका लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी निरीक्षक महेन्द्र खडकाको नेतृत्वमा बालिका बलात्कार घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।साभार:कान्तिपुरबाट

Related posts

रौतहटमा करेन्ट लागेर दुई जना किसानको मृत्यु

MadhesKhabar

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

बारा ४ : किसान श्रेष्ठ १० हजार भन्दा बढि मतान्तरले विजयी

MadhesKhabar

Leave a Comment