Madhes Khabar
समाचार

बारामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

बारा,१८ चैत : बाराको निजगढमा बुधबार दिउँसो दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि बाराको नौतनस्थत एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेले जानकारी दिए ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट गुडिरहेको बागमती प्र.०३–००४प ३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल र ढुंगानाले ९८२४ नम्बरको मोटरसाइकल चलाईरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना भएको दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।साभारःअन्नपूर्णपोष्ट

 

Related posts

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

MadhesKhabar

वीरगन्जबाट दुई करोड भन्दा बढि मुल्यको दुई ट्रक सामान बरामद

MadhesKhabar

नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिएर अगाडि बढेका छौं : मन्त्री यादव

MadhesKhabar

Leave a Comment