Madhes Khabar
समाचार

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं,१४चैत: गृहमन्त्री सुदन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

ललितपुरकाे जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको शनिबार निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गृहमन्त्री गुरुङले शनिबार नै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् । रासस

Related posts

मधेस : स्याउ गोदाममा लुकाएर राखिएको १ सय बोरा गाँजा बरामद

MadhesKhabar

वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

MadhesKhabar

पर्साको धुतहा खोलाको बगरबाट सशस्त्र प्रहरीद्धारा १२० केजी गाँजा बरामद, तस्करहरु फरार

MadhesKhabar

Leave a Comment