Madhes Khabar
समाचार

पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

वीरगन्ज ,२४जेष्ठ : पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेकाे छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीबाट प्रहरी निरीक्षक रामराजा केशरीकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले २१ किलाे ९६०ग्राम गाँजा बरामद गरेकाे हाे ।

प्रनि केशरीका अनुसार, जंगलकाे बाटाे हुँदै गाँजा बाेकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीकाे टाेली देख्ने बित्तिकै गाँजासहितकाे बाेरा र झाेला खेतमा फ्याकेर फरार भएका थिए ।खेतमा फ्याँकिएकाे बाेरा र झाेला प्रहरीले खाेलेर हेर्दा गाँजाकाे धुलाे ९ किलाे ४२० ग्राम र तयारी गाँजा १२ किलाे ५४० ग्राम बरामद भएकाे प्रहरी निरीक्षक केशरीले बताए ।

गाँजा फ्याँकेर फरार भएका व्याक्तिहरुकाे परिचय खुल्न नसकेकाे भएपनि उनिहरुकाे खाेजी कार्य भईरहेकाे उनले जानकारी दिए ।

Related posts

शनिबारपनि मन्त्री यादव फिल्डमा : झापामा निर्माणाधीन खानेपानी परियाेजनाहरुकाे स्थलगत अनुगमन

MadhesKhabar

ट्याक्टर दुर्घटनामा पर्साका एक युवकको मृत्यु

MadhesKhabar

पर्साकाे बड्निहारबाट २० केजी गाँजा बरामद, तस्कर माेटरसाइकलसहित फरार

MadhesKhabar

Leave a Comment