Madhes Khabar
राजनीति

जनमत पार्टी जित्यो भने मात्रै मधेस आन्दोलनका उपलब्धि रक्षा हुन्छ : पर्सा–१ का उम्मेदवार सर्राफ

वीरगन्ज,२९माघः पर्सा क्षेत्र नम्बर –१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर –१६ इनर्वामा सन्ध्याकालिन चुनावी सभा सम्पन्न गरेका छन् । त्यस्तै उनले वडा नम्बर ५ मा पर्ने जेलरोड र कुम्हाल टोलमा घरदैलो गर्दै मतदातासंग भेटघाट गरेर संवादपनि गरेका छन्।

चुनावी सभामा बोल्दै जनमतका उम्मेदवार सरार्फले सयौं मधेसी सपूतहरुको बलिदानीबाट प्राप्त संघीयता ,समावेशीता र मधेसको स्वभिमान जोगाउन जनमत पार्टीलाई जिताउनु पर्नेमा जोड दिए। संघीयता र मधेस विरोधि शक्तिहरुलाई परास्त गरि मधेस र मधेसीको समग्र उत्थानको अभियानमा हातेमालो गर्न सबैमा उनले आह्वान पनि गरे ।

देश र मधेसको समृद्धिको खाका जनमत पार्टी र अध्यक्ष डा. सिके राउतसंग मात्रै रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेताहरू विद्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार,समानुपातिक उम्मेदवार बबिता पुडासैनी,भुपेन्द्र साह,महादेव शर्मा,निराजन कुशवाहा, सहनवाज राकी, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,रामबहादुर पासवान, सन्तोष पासवान, सत्युग साह, तुलसी राम,नरेश राम,निकेश महतो ,किरन चौरसिया लगायतकाको पनि सहभागीता रहेको थियो।

Related posts

पर्साका सांसद प्रदीप यादव वन तथा वातावरणमन्त्री बन्दै , सोमबार शपथ

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत

MadhesKhabar

फागुन २१ को निर्वाचनपछि मुलुकले पहिलो मधेसी प्रधानमन्त्री पाउँदैछ : रास्वपा सभापति पन्त

MadhesKhabar

Leave a Comment