वीरगन्ज,२६माघःनेपाली कांग्रेसले फागुन २१ को निर्वाचनलाई लक्षित गरि मधेस प्रदेशमा गठन गरेको मिडिया डेक्स तथा चुनाव प्रचार प्रसार समितिको सदस्यमा महमद साहबुदिनलाई मनोनित गरेको छ ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार प्रसार समितिको सदस्यमा साहबुदिनलाई मनोनित गरेका हुन् । साहबुदिन नेपाली कांग्रेसको पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पनि हुन् । उक्त समितिको संयोजकमा नितेश कुमार गुप्ता रहेका छन् ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन भन्दै कांग्रेस मधेस प्रदेश समितिले प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

