वीरगन्ज,१८माघ:पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।आइतबार बिहान पिपरास्थित बहुदरमाई मन्दिर प्रांगणमा आयाेजित भेलामा बाेल्दै पर्सा-२ का कांग्रेस उम्मेदवार अजयकुमार चाैरसियाले पर्सा-२ काे ग्रामीण भेगपनस आगामी १० वर्षभित्र वीरगन्ज शहरजस्तै विकसित हुने बताए।
उनले भने, ` बिन्दवासिनीमा नेपाली काँग्रेसका नेताहरूको पहलमा जग्गा पाेलिटेक्निकल इन्स्टिच्युट निर्माणकाे प्रकृया सुरु भइसकेकाछ। खेलकुद रंगशाला निर्माणकाे प्रयास गरिरहेकाे छ।सडक लगायतका पूर्वाधारका कामहरु भइरहेका छन् । अबकाे निर्वाचन पछि ती सबै याेजनाकाे कामले तिब्रता लिनेछन् ।´
कांग्रेस उम्मेदवार चौरसियाले राणाशासनको अन्त्य काँग्रेसको नेतृत्वमा विपी कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद कोईराला लगायत महान व्यक्तित्वहरूले गरेका थिए भने जिमदारी शासन उन्मूलन, प्रजातन्त्र बहाल, मधेसको विकासका लागि मेची–महाकाली सडक जोड्ने कार्य लगायत जनतालाई हरेक कठिनाइबाट मुक्त गराउने काम काँग्रेसले नै गरेको बताए। उनले वर्तमानमा पनि जनताको हकअधिकारका लागि काँग्रेसले काम गर्दै आएको भन्दै काँग्रेसलाई क्षेत्र नम्बर २ सहित देशभर जिताउन आग्रह गरे।
बहुदरमाई नगरपालिका वडा नम्बर २ का कांग्रेस बुथ सभापति मोही रहमान हवारीको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेशका कृषि मन्त्री श्याम पटेल,कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी,क्षेत्रीय सभापति महमद साहबुदिन, वडाध्यक्ष जितेन्द्र पटेल लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो।

