Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा भारी गिरावट, एकैदिन २० हजार ५०० ले घट्यो

काठमाडौं,१६माघ : कारोबार साताको अन्तिम दिन शुक्रबार (आज)नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बिहीबार (हिजो)तोलामा २० हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज एकैदिन २० हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन आज २० हजार ५०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० मा झरेको हो। बिहीबार प्रतितोला सुन ३ लाख ३९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको भाउ घटेसँगै चाँदी पनि ओरालो लागेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार एकतोला चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

Related posts

एक वर्षमा विद्युत प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा

MadhesKhabar

गुणस्तरहिन घ्यू उत्पादन उत्पादन गर्ने बाराको दुइ उधोगमा सिलबन्दी

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

Leave a Comment