Madhes Khabar
राजनीति

कांग्रेसले कैलाली–५ मा आरजुलाई दिएन टिकट, नरनारायण शाह बने उम्मेदवार

काठमाडौं ,५माघ:नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएको हो । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् ।

सो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।

सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।साभार:अनलाइनखबर

Related posts

रुपेश पाण्डेः “लोकप्रिय हुन होइन, काम गर्न राजनीतिमा आएको हुँ”

MadhesKhabar

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

MadhesKhabar

चुनाव फागुन २१ मै हुनुपर्छ : पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

Leave a Comment