Madhes Khabar
राजनीति

विशेष महाधिवेशनलाई हल्का रुपमा नलिओैं, जे निर्णय हुन्छ,हलबाटै हुन्छ : गगन

काठमाडौं,२९पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्।मंगलबार बेलुकी भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए।

 

‘यो त टिकट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई सभापति चाहिएन भनिरहेका छौं। टिकट चाहिँदैन भनिरहेका छौं,’ उनले भने, ‘हजारौं संख्यामा सहभागी प्रतिनिधिहरूको विशेष महाधिवेशनलाई हल्का रूपमा नलिऔं।’

उनले प्रक्रिया अघि बढिसकेकाले जे गर्छ हलले गर्ने बताए।

 

उनले विशेष महाधिवेशनमार्फत सिंगो कांग्रेसलाई उज्यालो बनाएको बताए। ‘हामीले सभापति, कार्यवाहक सभापति, जिल्ला सभापतिहरू सबै जना यहीँ छन् भनेर मानेर छलफल गरिरहेका छौं। नआएका एक जनाले उभिएर भनोस्, विशेष महाधिवेशन गरेर कांग्रेसलाई हानी गर्ने काम गर्‍यो,’ उनले भने, ‘हामीले हानी गरेनौं। कांग्रेसलाई थप उज्यालो बनायौं। कांग्रेसले सम्हाल्छ भनेर थप भरोसा बनायौं।’

उनले दिवंगत प्रदीप गिरीको भनाइ सम्झिँदै कांग्रेसले गुट नभएर गिरोह बनाएको बताएका थिए। बन्द सत्रमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो।

Related posts

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

MadhesKhabar

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

पर्साको पकहाँ मैनपुर गाँउपालिका कमिटी अध्यक्ष अकलेश साहसहतिका नेताहरुले छाडे एमाले

MadhesKhabar

Leave a Comment