Madhes Khabar
समाज

पर्साको पोखरियामा पनि लायन्स क्लब गठन,अध्यक्षमा समानी

वीरगन्ज,१०पुसःपर्साको पोखरियामा “लायन्स क्लब अफ पोखरीया” गठन गरिएको छ।जिल्लाको ग्रामीण भेगका नागरिकलाई शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले नेजामुद्दीन शमानीको नेतृत्वमा २० सदस्यीय “लायन्स क्लब अफ पोखरीया” गठन गरिएको हो।

नवगठित लायन्स क्लब अफ पोखरियाको सदस्यमा आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन,अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान रहेका छन् ।

लायन्स क्लब अफ पोखरिया गठनका क्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं ,डिष्ट्रिक्ट कोषाध्यक्ष चन्द्रबहादुर केसी, डा.मनोज गुप्ता, डा.लक्ष्मी थापा, नरोत्तम पाण्डेय, जावेद अहमद, रिपेश माली,अलिराज हुसेनको लगायतकाकोपनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जको नारायणी अस्पतालका बिरामी र कुरुवा गरी ४५० जनालाई निःशुल्क भोजन

MadhesKhabar

पर्साको लक्ष्मीपुरमा १७६ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

MadhesKhabar

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

Leave a Comment