Madhes Khabar
राजनीति

पर्साबाट एमाले केन्द्रीय सदस्यमा ३ जना निर्वाचित

वीरगन्ज,३पुस:नेकपा (एमाले) को केन्द्रीय सदस्यमा पर्साबाट तीन जना निर्वाचित भएका छन्।एमाले केन्द्रीय सदस्यमा पर्साबाट प्रभु हजरा,विजय सरावगी र निर्मला देवकाेटा निर्वाचित भएका हुन्।तीनै जना अध्यक्ष केपी ओलीकाे प्यानलबाट उम्मेदवार थिए।

 

केन्द्रीय सदस्यमा खुला दलित तर्फ उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पार्टीका पर्सा जिल्ला इन्चार्ज हजरा १४६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।मधेसी (खुला) तर्फबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी १४९० मतका साथ निर्वाचित भएका हुन्।यस्तै भूगोल (मधेसी) महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा १४३४ मतका साथ निर्वाचित भएकी हुन् ।

 

एमाले केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाटै उम्मेदवारी दिएका पूर्व मन्त्री राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान, पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नवराज शर्मा, रन्जु फुयाँल र अरविन्द सिंह भने पराजित भएका छन् ।

Related posts

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको पूर्वमन्त्री साहको आरोप

MadhesKhabar

रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा

MadhesKhabar

वडाध्यक्ष महर्जनकाे आँखा फुटाउने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्जमा कांग्रेसको प्रदर्शन

MadhesKhabar

Leave a Comment