Madhes Khabar
राजनीति

चुनावमा परिचालन गर्न पर्सामा पनि रास्वपाको ‘र्‍याट’ दस्ता गठन

वीरगन्ज,२०मंसिरःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा जिल्ला स्तरिय ‘र्‍याट’ (र्यापिड एक्शन टिम)) नामक दस्ता गठन गरेको छ ।वीरगन्जको आदर्शनगरस्थित कन्ट्री इन होटेलमा शनिबार रास्वपा पर्साले आयोजना गरेको कार्यक्रममा कृष्णानन्द झाको अध्यक्षतामा पर्सा जिल्ला स्तरीय र्‍याट नामक दस्ताको समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा शिवराज पटेल,सचिवमा रोहनकुमार साह तेली,सहसचिवमा सुनिल पटेल र विक्की कुमार ओझा रहेका छन् ।त्यसैगरी सदस्यहरुमा प्रीयांशु कुमार साह,मुन्ना ठाकुर ,श्रवण पटेल ,योग कुमार राय ,अर्जुन सरार्फ ,सन्तोष पटेल ,अरविन्द कुमार गुप्ता ,अब्बास आलम ,राहुल चौबे ,सनोज कुमार गुप्ता ,सुनिल राउत ,कुन्दन पासवान,दिनेश हजरा,दिलीप पासवान र सुदन हजरा रहेका छन् ।

कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले नवगठित र्याट पार्टीको महत्वपूर्ण अंग नै भएकोले अनुशासीत भएर आम जनताको सुखदुखमा सरिक हुन अनुरोध गरे । उनले आसन्न निर्वाचनमा र्याटले रचनात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमापनि जोड दिए । दैवीप्रकोप,निर्वाचन जस्ता विषेश विषेश परिस्थितीमा परिचालन गर्नका लागि ‘र्‍याट’ गठन गरिएको उनले बताए ।

जिल्ला सहसचिव कृष्ण पासवानले सहजिकरण गरेको कार्यक्रममा क्षेत्रिय सभापति जितेन्द्र मिश्र ,फैयाद मिया, राम आर्या,मनोज कुमार कुर्मी , पुर्ण सापकोटा लगायतकाको पनि सहभागिता थियो ।

 

Related posts

मन्त्री गुप्तालाई एमाले मधेस प्रदेश कमिटीले गर्‍यो सम्मानित

MadhesKhabar

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने काँग्रेस जिल्ला सभापतिहरुले बुझाए देउवालाइ ज्ञापनपत्र

MadhesKhabar

निलम्बित सांसद हरिनारायण भन्छन् : ओलीको इशारामा अख्तियारले मलाइ फसाँएको हो

MadhesKhabar

Leave a Comment