Madhes Khabar
स्वास्थ्य

वीरगन्जको नेशनल मेडिकल कलेज प्रधानमन्त्रीबाट सम्मानित

वीरगन्ज,११ मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रधानमन्त्री सुशीला कार्कीबाट सम्मानित भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत नेशनल मेडिकल कलेज सम्मानित भएको हो ।

बिहीबार सिंहदरबारमा आयोजित ८ औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरेकी हुन्।मधेस प्रदेशका आठ जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित भएको नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिए ।

उनका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई लगातार दोस्रो पटक सम्मान प्रदान गरिएको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत नेशनल मेडिकल कलेज सम्मानित भएको थियो।

 

Related posts

जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

MadhesKhabar

जनप्रतिधिनीहरुको असहयोगका कारण पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन

MadhesKhabar

पर्सा जिल्ला मधेस प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

MadhesKhabar

Leave a Comment