Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

वीरगन्ज,२५कात्तिकः वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र बाराको बिश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। नेशनल मेडिकल कलेजको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो,प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी तथा स्वास्थ शाखा प्रमुख अलि अकबर हुसेनको रोहबरमा सम्झौता गरिएको हो ।जसअनुसार विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका वासीलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट उपचारमा विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले र विश्रामपुर गाउँपालिकाका तर्फबाट अध्यक्ष जुल्फकार अलि भुटो ले हस्ताक्षर गरेका छन् ।

त्यसअवसरमा मेडिकल कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह,प्रेस सल्लाहकार आशिक अन्सारी तथा विश्रामपुर गाउँ पालिकाको वडा नम्बर २ का वडा ध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजिन्द्र पाल ,विधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण साह ,न्यायीक समिति सदस्य मंजुर आलम लगायतकाको समेत उपस्थिति रहेको थियो।

 

Related posts

सीडीओ आँफेले खोप खाएर पर्सामा सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा तीन दिने तालिम सम्पन्न

MadhesKhabar

सरकार र चिकित्सक संघबीच सहमति,डाक्टरहरुकाे आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment