Madhes Khabar
स्वास्थ्य

वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा तीन दिने तालिम सम्पन्न

वीरगन्ज ,०८ पुस: वीरगन्जकाे गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा बेसिक लाइफ सपोर्ट सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।बयोधा अस्पताल सहित पर्सा र बारा विभिन्न अस्पतालका स्वास्थ्यकर्मी सहभागि तालिम शुक्रबार सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुलाई आकस्मिक तथा आपतकालीन अवस्थामा मानिसको जीवनरक्षार्थ आवश्यक पर्न सक्ने उपयोगी सिप र ज्ञानका बारेमा जानकारी गराइएको बयोधा आस्पतालका प्रमुख विजय रिमालले जानकारी गराए ।

पुष ६ गतेदेखि शुरु भइ शुक्रबार पुष सम्म चलेको तालिममा दूर्घटना वा अन्य कारणले बेहोस भएका, हर्ट अट्याक (हृदयघात) लगायतका बिरामी र घाइतेहरुकाे लागि आकस्मिक उपचार आवश्यक भएको खण्डमा मानिसको जीवन रक्षाका लागि तत्कालै गर्न सकिने विधि, प्रक्रिया र सिप सहभागीहरुलाई सिकाइएको अस्पतालकी सहायक मेडिकल सुपरिन्टेन्डेन्ट डा. स्वेता झाले बताइन् ।

तालीममा कार्डियोपल्मोनरी रिसक्सिटेसन अन्तर्गत बालबालिका, नवजात शीशु तथा वयस्कहरुलाई प्रदान गरिने आकस्मिक सेवाको प्रयोगात्मक तथा सैद्धान्तिक दुवै ज्ञान दिईएको डा. झाले जानकारी दिइन् ।

त्यसैगरी घाँटीमा खानेकुरा लगायतका सामान अडकिएमा कसरी निकाल्ने र त्यसको प्रारम्भिक उपचार कसरी गर्ने सम्बन्धमा पनि सीप तथा जानकारीहरु प्रदान गरिएको अस्पतालकी डेपुटी नर्सिङ्ग सुपरिटेन्डेन्ट विद्या गुप्ताले बताइन् ।

तालिममा नेपाल मेडिसिटी काठमाडौँका बेसिक लाईफ सर्पोट प्रशिक्षकहरु ज्ञानी देवी महर्जन, रेनु चौधरी, रेजिना सिलवाल र गीता चौधरीले प्रशिक्षण दिएकाथिए ।

Related posts

पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण

MadhesKhabar

नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने : नारायणी अस्पताल सुधारेरै छाड्छु

MadhesKhabar

अवैध रुपमा चलेका १७ वटा निजी अस्पताल मधेस सरकारले बन्द गरायो

MadhesKhabar

Leave a Comment