Madhes Khabar
स्वास्थ्य

वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा तीन दिने तालिम सम्पन्न

वीरगन्ज ,०८ पुस: वीरगन्जकाे गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा बेसिक लाइफ सपोर्ट सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।बयोधा अस्पताल सहित पर्सा र बारा विभिन्न अस्पतालका स्वास्थ्यकर्मी सहभागि तालिम शुक्रबार सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुलाई आकस्मिक तथा आपतकालीन अवस्थामा मानिसको जीवनरक्षार्थ आवश्यक पर्न सक्ने उपयोगी सिप र ज्ञानका बारेमा जानकारी गराइएको बयोधा आस्पतालका प्रमुख विजय रिमालले जानकारी गराए ।

पुष ६ गतेदेखि शुरु भइ शुक्रबार पुष सम्म चलेको तालिममा दूर्घटना वा अन्य कारणले बेहोस भएका, हर्ट अट्याक (हृदयघात) लगायतका बिरामी र घाइतेहरुकाे लागि आकस्मिक उपचार आवश्यक भएको खण्डमा मानिसको जीवन रक्षाका लागि तत्कालै गर्न सकिने विधि, प्रक्रिया र सिप सहभागीहरुलाई सिकाइएको अस्पतालकी सहायक मेडिकल सुपरिन्टेन्डेन्ट डा. स्वेता झाले बताइन् ।

तालीममा कार्डियोपल्मोनरी रिसक्सिटेसन अन्तर्गत बालबालिका, नवजात शीशु तथा वयस्कहरुलाई प्रदान गरिने आकस्मिक सेवाको प्रयोगात्मक तथा सैद्धान्तिक दुवै ज्ञान दिईएको डा. झाले जानकारी दिइन् ।

त्यसैगरी घाँटीमा खानेकुरा लगायतका सामान अडकिएमा कसरी निकाल्ने र त्यसको प्रारम्भिक उपचार कसरी गर्ने सम्बन्धमा पनि सीप तथा जानकारीहरु प्रदान गरिएको अस्पतालकी डेपुटी नर्सिङ्ग सुपरिटेन्डेन्ट विद्या गुप्ताले बताइन् ।

तालिममा नेपाल मेडिसिटी काठमाडौँका बेसिक लाईफ सर्पोट प्रशिक्षकहरु ज्ञानी देवी महर्जन, रेनु चौधरी, रेजिना सिलवाल र गीता चौधरीले प्रशिक्षण दिएकाथिए ।

Related posts

वीरगन्जमा हैजा फैलिएको दुई हप्ता बितिसक्दा पनि अझैसम्म पत्ता लाग्न सकेन ‘हैजा फैलनुको कारण’

MadhesKhabar

वीरगन्जका मेयर सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

MadhesKhabar

वीरगन्जको लालपर्सा स्वास्थ्य चौकीमा रगत,दिशा र पिसाबको जाँच हुने ल्याब सञ्चालन

MadhesKhabar

Leave a Comment