Madhes Khabar
समाचार

वाइ वाइ चाउचाउकाे मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहकलाई झुक्याइएको आरोप

वीरगन्ज,१६कात्तिक: लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइले सञ्चालन गरेको “मालामाल वीक्ली” अफरमार्फत कम्पनीले उपहारको लालच देखाई ग्राहकहरुलाई झुक्याएको आरोप लागेको छ ।

ग्राहकहरूका अनुसार, चाउचाउको प्याकेट भित्र राखिएको कुपनमार्फत कम्पनीले १ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरेको विज्ञापन गरे पनि, उक्त कुपनमा उल्लेखित सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा पनि नउठाउने वा लाग्ने नगरेको गुनासो सार्वजनिक भएको छ ।

कुपन पाएका ग्राहकहरूले, “कम्पनीले पुरस्कार वितरणको नाममा ठगीजस्तो कार्य गर्दै ग्राहकको विश्वासमा आघात पुर्‍याएको” अनुभव गरेका छन् । धेरै ग्राहकहरूले “वाइ वाइ मालामाल” स्किमलाई वास्तविक उपहार योजना भन्दा पनि प्रचारका लागि बनाइएको लोभ देखाउने माध्यमका रूपमा लिएको आरोप लगाएका छन् ।

कम्पनीको कुपनमा उल्लेखित सर्त अनुसार, “कम्पनीको आधिकारिक हस्ताक्षर र छाप भएको कुपन मात्र मान्य हुने” तथा “नेपाल सरकारको नियमअनुसार कर कट्टी गरिने” उल्लेख छ । साथै, “उपहारसम्बन्धी सम्पूर्ण निर्णय कम्पनीमा निहित हुनेछ” भनी उल्लेख गरिएको छ । तर, पुरस्कार दाबीका लागि दिएको सम्पर्क नम्बर ९८५१२२८६७१ मा सम्पर्क हुन नसक्दा ग्राहकहरू निराश बनेका छन् ।

ग्राहकहरूले सम्बन्धित निकायसँग यस प्रकारका भ्रामक र पारदर्शिता विहीन योजनामाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।

Related posts

बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

MadhesKhabar

वीरगन्ज भन्सारबाट लागू औषध गाँजासहित ७० वर्षका बृद्ध पक्राउ

MadhesKhabar

शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

MadhesKhabar

Leave a Comment