Madhes Khabar
समाचार

वीरगन्जको रेल्वेराेडकाे फुटपाथमा एक युवक मृत फेला

सांकेतिक फोटो ।

वीरगन्ज,२कार्तिक:वीरगन्जकाे रेल्वेराेडकाे सडकपेटीमा एक युवक मृत फेला परेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेराेडस्थित सडकपेटीमा आइतबार दिउँसो सवा १२ बजेतिर अन्दाजी ३५ वर्षका युवक मृत अवस्थामा फेला परेका हुन्।मृतककाे नाम,थर र वतन खुल्न नसकेको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ।

शव भेटिएको स्थानमा पुगेको प्रहरी टाेलीले घटनास्थलकाे अनुसन्धान गरेर शव पाेष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

नेपाल प्रहरी र सशस्त्रका एसपीदेखि जवानलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा बस्न सर्कुलर

MadhesKhabar

बाराकाे काेल्हबीमा मृत भेटियाे जंगली हात्ती

MadhesKhabar

सई यादवको सफलता : भन्सारी छलीका ४२ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment