Madhes Khabar
समाज

वीरगन्जको रानीघटमा दुर्गा पूजा समितिले आयोजना गरेको कार्यक्रममा १०५ जनाले गरे रक्तदान

वीरगन्ज,४असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटमा शनिबार दुर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगत दान गरेका छन् ।

रानीघाटको दुर्गा पूजा सेवा समितिले विगत २५ वर्षदेखि हरेक वर्ष दुर्गा पूजा अगाडि रक्तदान कार्यक्रम गर्दै आएकोमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ जनामहिला सहित १०५ जनाले रगत दान गरेका हुन् ।रक्तदान गर्नेहरुमा कुमारी सोनी पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुशवाहा, रितेश सुवेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमार लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रोत्साहित गर्नका लागि वीरगन्ज–९ का वडडाध्यक्ष जवाहर साह कानुले १५० थान टि–सर्ट उपलब्ध गराएका थिए ।

दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता तथा वडाध्यक्ष गुप्ताको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति  बृजकिशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष पप्रणय साह ,रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता,सल्लाहकार गोपाल रौनियार,राजु गुप्ता,।समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रवि रौनियार, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतकाकोपनि सहभागिता रहेको थियो।

Related posts

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

राउण्ड टेबलकाे कार्यक्रममा ५६ जनाद्वारा रक्तदान

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी जनमत संघले गरेको कार्यक्रममा १९ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment