Madhes Khabar
समाज

वीरगन्ज ५ का ज्येष्ठ नागरिक र एकल महिलालाई गरियाे सम्मान

वीरगन्ज,१३माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा ज्येष्ठ नागरिक,एकल महिला र अपांगता भएका व्याक्तिहरसलाई कम्बल लगायतका सामग्री प्रदान गरी सम्मानित गरिएको छ ।

मुनलाईट स्कुलकाे प्राङ्गणमा शनिबार सृजनशील आमा समुहकाे सहयाेगमा आयाेजित कार्यक्रममा वडा नम्बर ५ का सामाजिक सुरक्षा भत्ता लिदैं आएका बृद्धबृद्धा, एकल महिला र अपांगता भएका गरी १ सय ३७ जनालाई कम्बल लगायतका सामग्री प्रदान गरेर सम्मानित गरिएको हाे।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उनिहरुलाई कम्बल लगायतका सामग्री प्रदान गरी सम्मानित गरे। त्यसअवसरमा बाेल्दै मेयर सिंहले ज्येष्ठ नागरिककाे सम्मान समाजले गरेमात्र सम्य समाजकाे निर्माण हुन सक्ने बताए।उनले वीरगन्ज महानगरपालिकालेपनि `ज्येष्ठ नागरिकको सम्मान हाम्राे अभियान´ भन्ने नाराका साथ ज्येष्ठ नागरिकका लागि काम गरिरहेकाे बताए ।

वडाध्यक्ष प्रदीप चाैरसियाकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , वरिष्ठ ज्येष्ठ पत्रकार ईश्वर चन्द्र गौतम , बाबुजान अली , सृजनशिल आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ , वडा सदस्यहरू मनोज साह ,रूस्तम अली ,सन्जु दाहाल ,मंजु परियार लगायतकोपनि उपस्थिति रहेको थियोे ।कार्यक्रमको सहजीकरण श्याम केसीले गरेका थिए ।

Related posts

वीरगन्जको आमाको माया छात्रवासमा थर्मस, मोजा र पञ्जा सहयोग

MadhesKhabar

एनप्याब्सनले दायर गरेको रिट खारेज, स्तर तथा शुल्क निर्धारण कार्यान्वयनको बाटो खुल्यो

MadhesKhabar

परवानीपुरमा तत्वा समाज युवा क्लबको कार्यक्रममा ५२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment