Madhes Khabar
समाचार

मन्त्री यादवको निर्देशनमा बाराका ५ पालिकामा डीप बोरीङ जडान गरेर खानेपानीको आपूर्ती सुरु

बारा,२९ साउनःखानेपानीको संकट झेलिरहेका बारा जिल्ला पाँच वटा पालिकामा समस्या ममाधान गर्न खानेपानी मन्त्री प्रदीप यादवले निर्देशन दिएपछि ती पालिकामा डीप बोरिङ जडानको काम सुरु गरिएको छ।

भू–सतहको पानी सुक्दा चापाकलहरू काम नलागेपछि पचरौता नगरपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका स्थानीयवासीले खानेपानीको अभाव झेल्ददै आएपछि त्यसैलाई मध्यनजर गर्दै मन्त्री यादवले त्यहाँ तत्काल डीप बोरिङ जडान गर्न निर्देशन दिएका थिए।

मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहका अनुसार, जडान भएका डीप बोरिङहरूबाट पाइपलाइन वितर गरेर घरघरमा पानीको आपूर्ति समेत सुरु भइसकेको छ। प्रत्येक बोरिङबाट कम्तीमा ५० घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको छ।

डीप बोरिङ जडानसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्यांकीपनि स्थापना गर्ने योजना रहेको भन्दै साहले त्यसले पानीको भण्डारण र वितरणमा अझ सहजता ल्याउने अपेक्षा गरिएको बताए ।

सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा हालसम्म ती पाँच पालिकाका विभिन्न वडामा हालसम्म ५० भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन्। अन्य पालिकामा पनि पानीको समस्या देखिए त्यसको समाधानका लागि खानेपानी मन्त्रालय तत्पर रहने उनले बताए।

‘जनताको आधारभूत आवश्यकता पूरा गर्नु मन्त्रीज्यूको प्राथमिकता हो। खानेपानीको समस्या समाधानका लागि उहाँ निरन्तर प्रयासरत रहनुभएको छ,’ साहले भने ।

Related posts

खानेपानीको समस्या समाधानका लागि सरकारले उल्लेखनीय काम गरिरहेको छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जमा लागुऔषधसहित एक युवक पक्राउ

MadhesKhabar

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment