Madhes Khabar
खेलकुद

भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्षकाे घाेषणा

वीरगन्ज,१९साउन:भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका नेपालका रविन्द्र ढाँटलाई पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ।

 

भारतको नाेएडामा सम्पन्न आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) प्रतियोगितामा पाँच पटकका च्याम्पियन भारतका कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन्।नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटरपनि हुन्।

 

साेमबार साँझ सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले ढाँटलाई नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने घाेषणा गरेका हुन्।भारतीय च्याम्पियन काेरेनलाई भारतकै भूमीमा हराएर एमएफएनको पहिलाे नेपाली च्याम्पियन बनेका ढाँटलाई प्राेत्साहित गर्न गाँउपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने निर्णय गरिएको अध्यक्ष यादवले बताए।

एमएफएनको च्याम्पियन ढाँटलाई सखुवा प्रसाैनी गाँउपालिकामै बाेलाएर सम्मानित गर्ने भन्दै यादवले भने,`यदि कुनै कारणले उहाँ आउन सक्नु भएन भने हामी काठमाडौंमै गएर उहाँलाई सम्मानित गर्छाै।´

 

अध्यक्ष यादवले खेलाडीहरु देशकाे गहना भएकाले उनिहरुकाे आत्मबल उच्च राख्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जाेड दिए।

Related posts

नेपाललाई सुरुआती झट्का, वेस्ट इन्डिजविरुद्ध ४.५ ओभरमै ३ विकेट आउट

MadhesKhabar

नेपाल विश्वकप एसिया छनोटको उपविजेतामै सिमित

MadhesKhabar

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, टि–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुल्यो

MadhesKhabar

Leave a Comment