Madhes Khabar
वाग्मती प्रदेश

चार जना मन्त्रीहरुले एकसाथ दिए राजीनामा

हेटौंडा,९साउनः बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकसाथ राजीनामा दिने भएका छन्। राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

वर्तमान प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वर्तमान सरकारको काम कारबाही चित्त नबुझेर राजीनामा दिएको बताए ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

 

 

Related posts

एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

MadhesKhabar

ललितपुरको पाटनमा छुरा प्रहार गरी २ युवककाे हत्या

MadhesKhabar

खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यु

MadhesKhabar

Leave a Comment