Madhes Khabar
राजनीति

रवि लमिछानेलाई छुटाउन रास्वपाद्धारा वीरगन्जमा पनि हस्ताक्षर संकलन अभियान सुरु

वीरगन्ज,१६असारःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छुटाउन वीरगन्जमा पनि रास्वपाले सोमबारदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सहकारी गठी प्रकरणमा हाल भैरहवा कारागामा रहेका mामिछानेसंग सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले देशभर हस्ताक्षर संकलन अभियान चलाइरहेकोमा वीरगन्जमा पनि सोमबारदेखि उक्त अभियान सुरु गरिएको हो ।

वीरगन्जको घण्टाघर चोकमा रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा सोमबारबाट हस्ताक्षर संकलन अभियान सुुरु भएको हो । यो अभियान केही दिनसम्म चल्ने जानकारी रास्वपा ठोरी गाँउपालिकाका सभापति माधव बस्नेतले बताए।

अभियानमा बिरगंजका जनताहरुले स्वस्फूर्त रुपमा हस्ताक्षर गरेर उक्त अभियानको अपनत्व लिएको रास्वपा पर्साका सभापति हरि पन्तले बाताए। पन्तले नेपाली जनताले मुलुकको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको र सबै घटना क्रमले छर्लङ्ग भैसकेकोले आफुहरुले जनतालाई केही भन्नै नपरेको बताए । रस्वपा पर्साले यसअघि पर्साकै बहुदरमाई नगरपालिकामा पनि हस्ताक्षर कार्यकम सन्चालन गरेको थियो ।

Related posts

आफ्ना नेताहरूलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

MadhesKhabar

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न

MadhesKhabar

जसपा अरु कुनै पार्टीमा विलय हुदैन, देशकै नम्बर १ पार्टी बन्छ : अध्यक्ष राई

MadhesKhabar

Leave a Comment