Madhes Khabar
कृषि

बाराको कोल्हवीमा कृषिमन्त्री क्षेत्रीले पनि धान रोपेर मनाए ‘राष्ट्रिय धान दिवस’

तस्बिर : बारा अपडेट

वीरगन्ज,१५असारःबाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहीममा आज(आइतबार) २२ औं राष्ट्रिय धान दिवस भव्य रुपमा मनाइएको छ । सपहीस्थित एक किसानको खेतमा मधेस प्रदेश सरकारका भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनाार्दन सिंह क्षेत्रीसहितका उच्चपदस्थ व्याक्ति र किसानहरुले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजना गरेको राष्ट्रिय धान दिवस कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर उमेश दाहाल, कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव, महाशाखा प्रमुख डाक्टर सरोज चौधरी , कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, कृषि ज्ञानन केन्द्र पर्सा र बाराका प्रमुख,कृषि सहकारी संस्थाका पदाधिकारी र कर्मचारीका साथै स्थानीय किसानहरुको सहभागिता थियो ।

त्यसै अवसरमा कृषिमन्त्री क्षेत्रीले कोल्हवी–४ मा मधेस प्रदेशको कृषि मन्त्रालयको बजेटबाट नवनिर्मित किसानहरुको धान भण्डारण गर्ने गोदाम र धानको बीउ प्रशोधन गर्ने उपकरणको उद्घाटनपनि गरे ।

Related posts

२० बर्षदेखि बन्द वीरगन्ज चिनी कारखाना पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

बजारमा आलुको उचित भाउ नपाएको बाराका किसानहरुको गुनासो

MadhesKhabar

Leave a Comment