Madhes Khabar
अर्थतन्‍त्र

देशभरका ६ महानगरको बेरुजु : काठमाडौं पहिलो स्थानमा र विराटनगर अन्तिममा

काठमाडौं,२जेठः म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

कानुन बमोजिम रित नपु¥याइ कारोबार गरेको, बेमुनासिब वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख भएअनुसार, उक्त अवधिमा महानगरहरूको ७५ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो ।

लेखापरीक्षण गरिएको रकममा म्याद नाघेको पेस्कीसमेत गरी १ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको र बेरुजुमध्ये पेस्की रकम १६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

६ वटा महानगरको लेखापरीक्षणको तुलनामा २.१० प्रतिशत बेरुजु भएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

काठमाडौं महानगर पहिलोे

काठमाडौं महानगरपालिकाले बेजुरु बनाउने महानगर सूचीमा पहिलोे स्थान ओगटेको छ ।महालेखाले आर्थिक वर्ष २०८०÷८१ का लागि काठमाडौंको २७ अर्ब ५२ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।लेखापरीक्षण गरिएकोमध्ये ६८ करोड दुई लाख ३६ हजार रुपैयाँ बेरुजु निस्कियो । बेरुजु निस्किएको रकम कुल लेखापरीक्षण गरिएको रकमको २.४७ प्रतिशत हुन आउँछ ।

काठमाडौंले संघीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी आर्थिक वर्ष २०८०/८१ वर्षमा १२ अर्ब ८८ करोड ३१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।काठमाडौंले आर्थिक वर्ष २०८०/८१ म चालु, पुँजीगत र अन्य खर्च गरी १४ अर्ब ६४ करोड १२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।

पोखरा महानगर दोस्रो

पेखरा महानगरपालिकाले बेजुरु बनाउने महानगर सूचीमा दोस्रोे स्थान ओगटेको छ ।महालेखाले कास्कीस्थित पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो, जहाँ ५० करोड ४३ लाख ९ हजार रुपैयाँ बेरुजु निस्कियो ।पोखरामा भेटिएको बेरुजु लेखापरीक्षण भएको रकमको ३.७४ प्रतिशत हो, जुन अन्य महानगरमा भन्दा बढी हो ।

पोखराले आर्थिक वर्ष २०८०/८१ म संघीय, प्रदेशको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा ६ अर्ब ४३ करोड ६१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु, पुँजीगत र अन्य गरी सात अर्ब तीन करोड ११ लाख २९ हजार रुपैयाँ खर्च गरेको थियो ।

वीरगन्ज महानगर तेस्रो

देशभरका ६ महनागरमध्ये वीरगन्ज महानगरपालिकामा तेस्रोे बढी बेरुजु निस्किएको छ ।पर्सास्थित वीरगन्ज महानगरपालिकामा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो । जहाँ आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७५ लाख ६ हजार रुपैयाँ बेरुजु भेटिएको हो ।वीरगन्ज महानगरमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत हो ।

वीरगन्ज महानगरले संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी तीन अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी तीन अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।

 

भरतपुर महानगर चौथो

चितवकने भरतपुर महानगरपालिका बेरुजुका हिसाबले चौथो नम्बरमा रहेको छ ।महालेखाले नेपालकै उत्कृष्ट पालिका भनेर चिनिएको चितवन भरतपुरमा ११ अर्ब १३ करोड ३ लाख २९ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।लेखापरीक्षण गर्दा १० करोड २ लाख ७९ हजार रुपैयाँ बेरुजु निस्कियो, जुन लेखापरीक्षण भएको रकमका आधारमा ०.९० प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा भरतपुर महानगरले संघीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी जम्मा पाँच अर्ब ४९ करोड ९८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।महानगरले सोही वर्ष चालु, पुँजीगत र अन्य खर्चसमेत पाँच अर्ब ६३ करोड चार लाख ३० हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

ललितपुर महानगर पाँचौँ

ललितपुर महानगरपालिका बेरुजु रकमका हिसाबले पाँचौँ नम्बरमा छ । ललितपुर महानगरको १० अर्ब ६८ करोड ९७ लाख हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख २१ हजार रुपैयाँ बेरुजु निस्किएको छ, जुन लेखापरीक्षण भएको रकमको ०.५२ प्रतिशत हो ।

ललितपुरले आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा चार अर्ब ९१ करोड ८० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ ।

उक्त वर्ष ललितपुरमा चालु, पुँजीगत र अन्य खर्च गरी पाँच अर्ब ७७ करोड १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो ।

विराटनगर महानगरमा सबैभन्दा कम बेरुजु

महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकामा निस्किएको छ ।आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख २१ हजार रुपैयाँ बराबर लेखापरीक्षण गर्दा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु निस्कियो ।जुन रकम देशभरका महानगरमा भेटिएको बेरुजुमध्ये सबैभन्दा कम हो ।

विराटनगर उक्त आर्थिक वर्षमा संघीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी तीन अर्ब १० करोड ८९ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।सोही अवधिमा चालु, पुँजीगत र अन्य खर्च गरी तीन अर्ब ३३ करोड ८६ लाख ८२ हजार रुपैयाँ खर्च गरेको थियो । साभारः खबरहब

 

Related posts

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

MadhesKhabar

केन्द्र सरकारबाट पर्सा जिल्लालाइ पाँच अर्ब बजेट

MadhesKhabar

भारतका सबै बन्दरगाह नेपालका लागि खोल्नु पर्ने वीरगन्जका उद्योगी व्यपारीको माग

MadhesKhabar

Leave a Comment