Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगन्ज,३१बैशाखः गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार एक सूचना जारी गर्दै जेठ १ गतेदेखि बिहानी कक्षा सञ्चालन गर्न महानगरमा रहेका सबै सामुदायिक र निजी विद्यालयहरुलाई निर्देशन दिएको हो ।

केहि साता यता वीरगन्ज र यसआसपासका क्षेत्रमा प्रचण्ड गर्मीसँगै दिउँसोको समयमा तातो हावा समेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले त्यसैलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बताए ।

जेठ १ गतेदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन विद्यालयहरुलाई आग्रह गरिएको लामिछानेले जानकारी दिए ।

Related posts

सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

MadhesKhabar

सिमरामा भएको बस दुर्घटनाको अपडेट : मृतक र घाइतेहरुको नाम–ठेगाना खुल्यो

MadhesKhabar

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, मधेस सरकारले दिएन बजेट

MadhesKhabar

Leave a Comment