Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगन्ज,३१बैशाखः गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार एक सूचना जारी गर्दै जेठ १ गतेदेखि बिहानी कक्षा सञ्चालन गर्न महानगरमा रहेका सबै सामुदायिक र निजी विद्यालयहरुलाई निर्देशन दिएको हो ।

केहि साता यता वीरगन्ज र यसआसपासका क्षेत्रमा प्रचण्ड गर्मीसँगै दिउँसोको समयमा तातो हावा समेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले त्यसैलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बताए ।

जेठ १ गतेदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन विद्यालयहरुलाई आग्रह गरिएको लामिछानेले जानकारी दिए ।

Related posts

बढी मुल्यमा मल बेच्ने वीरगन्जका सहकारीलाई कारबाही गर्ने उपमेयर आलमकाे चेतावनी

MadhesKhabar

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

‘धोती दिवस’ मनाउदा पक्राउ परेकाहरुकाे रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment