काठमाडौं,२९बैशाखःपर्साको ठोरीमा ३ करोड रुपैयाँको लागतले तीन वटा पक्की सडकको निर्माण हुँदैछ ।ठोरी गाँउपालिका वडा नम्बर १ , ३ र ५ मा गरेर ३ करोड रुपैयाँको लागतमा ढलान सडक निर्माण गर्न लागिएको हो ।
राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष तथा पूर्वमन्त्री उर्मिला अर्यालले सोमबार ती सडकको छुट्टाछुट्टै शिलान्यास गरिन् ।उनकै पहलमा ती ढलान सडक निर्माण हुन लागेका हुन् ।
संघ सरकारको स्थानीय पूर्वाधार विभाग आयोजना मार्फत तीन वटै वडामा १–१ करोड रुपैयाँको लागतमा ढलान सडक निर्माण गर्न थालिएको अर्यालको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षकै अन्त्यसम्ममा अर्थात आगामी असार मसान्तभित्रै ती सडकको निर्माण सम्पन्न हुने बताइएको छ ।
शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, वडाध्यक्ष,स्थानीय अगुवा लगायतकाकोपनि उपस्थिती थियो ।

