Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय सेनाले भन्यो– पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

काठमाडौं,२७बैशाख : भारतीय सेनाले पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेको बताएको छ।शनिबार बिहान पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले शुक्रबार मध्यरातमा पाकिस्तानले सीमामा भारतसँग बदला लिने गरेको कारबाहीका बारेमा जानकारी दिइन्।

उनले भनिन्,‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो। जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’

कर्णेल कुरेशीले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीलाई क्षति पु¥याएको बताइन्। उनले शनिबार बिहान १ः४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको जानकारी दिइन्। भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको उनले बताइन्।

भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिसरी, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिसरीले भने,‘पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यको जवाफ दिएको छ।’ भारतको यो भनाइमाथि पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन। साभारः अन्नपूर्णपोष्ट

Related posts

हमासको आक्रमणबाट इजरायलमा धनुषाका आनन्दसहित १० नेपालीको मृत्यु

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

कश्मीर आतंकवादी हमलाको हृदय विदारक यो तस्बिर : हनिमुन मनाउन गएका सैनिकपनि मारिए

MadhesKhabar

Leave a Comment