Madhes Khabar
समाचार

वीरगन्जमा सामाजिक सदभाव कायम गर्न सरकार असफल : पूर्वमन्त्री प्रभु साह

वीरगन्ज,३बैशाख: आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जमा भड्किएको सामाजिक सदभाव कायम गर्न सरकार असफल रहेको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगन्जमा सरकारले सामाजिक सद्भाव एवं अमनचयन कायम गर्न गम्भिर नदेखिएको भन्दै दुख व्यक्त गरेका छन् ।विगत पाँच दिनदेखी वीरगन्जमा साम्प्रदायिक तनाव एवं कर्फु र निषेधाज्ञाकोे सकसका बीच बाचिरहदा समेत सरकार किन कानमा तेल हालेर सुतेको होला ?भन्दै आजपा अध्यक्ष साहले प्रश्न गरेका छन् ।

 

‘वीरन्जबासी लगातार ५ दिनदेखि साम्प्रदायिक तनावको सकसमा बाचिरहदा सरकार किन कानमा तेल हालेर सुतेकोहोला ?पर्साबाट ३/३ वटा संघिय मन्त्री रहेका ओली सरकारले वीरगन्जको पिड़ादायी अवस्थाप्रति गम्भीर नदेखिनु दुःखद हो,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

देशको आर्थिक राजधानी एवं प्रमुख शहरको जनजिवन दिनदिनै बिग्रदै गएको भए पनि सरकार मौन बस्नु लजास्पद रहेको टिप्पणी साहले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानून मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् ।

संघीय सरकारमा रहेका मन्त्रीहरु सहित स्वयम प्रधानमन्त्री समेत वीरगन्ज घटनाप्रति उदासिन हुनु दुखद भएको बताउदै आजपा अध्यक्ष साहले वीरगन्जमा सामाजिक सदभाव एवं अमनचयन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।

Related posts

बिपिसीमा आयाेजित व्यवसायिक योजना प्रस्तुतिकरण प्रतियोगितामा रिदम बाँनियाकाे समुह प्रथम

MadhesKhabar

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको पनि मृत्यु

MadhesKhabar

नागरिकमैत्री, स्वच्छ र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्री सुधन गुरुङको निर्देशन

MadhesKhabar

Leave a Comment