Madhes Khabar
राजनीति

जसपा नेपालको अधिवेशनमा कुटाकुट, दुई जना गम्भीर घाइते (भिडियोसहित)

सप्तरी,२८चैत:सप्तरीमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका कार्यकर्ताहरुले आपसमै कुटाकुट गरेका छन्।जिल्ला अधिवेशनकाे प्रतिनिधि छनाैटकाे विषयलाई लिएर
विष्णुपुर गाउँपालिकामा जसपा नेपालका नेताकार्यकर्ताहरुबीच कुटाकुट भएको हाे।

जसपा नेपालका जिल्ला उपाध्यक्षसमे रहेका गाँउपालिका अध्यक्ष उमेशप्रसाद यादवको निर्देशनमा समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार यादव र युवा संघ विष्णुपुर गाउँपालिका समिति अध्यक्ष देवेन्द्र यादवलाई कुटपिट गरिएको स्थानीयले बताएका छन्।‌

जसपा नेपालको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट कार्यक्रममा बिहीबार बिहान विवाद हुँदा गाँउपालिका अध्यक्ष उमेशको निर्देशनमा कुटपिट गरिएको समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष यादवले बताए।

जसपा नेपाल सप्तरीका जिल्ला उपाध्यक्षसमेत रहेका उमेशको निर्देशनमा उनका भाइ मोधकर यादव र उनका सम्बन्धीहरूद्वारा युवा संघका अध्यक्ष केदार यादव र युवा संघ विष्णुपुर गाउँपालिका समिति अध्यक्ष देवेन्द्र यादवमाथि कुटपिट गरेको मनिषले बताए।

उनीहरूमाथि घरेलु हतियार, हेलमेट, फलामको फाइटर, ब्लेड प्रयोग गरी कुटपिट गरिएको हाे ।कुटपिटबाट गम्भीर भाइते दुवै जना उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका छन्।

यता गाउँपालिका अध्यक्ष उमेश यादवले भने आफूमाथि लगाइएको आराेप निराधार भएको बताए।उनले आफुले कुनै निर्देशन नदिएको बताए । ‘यो सरासर गलत कुरा हो। मलाई बदनाम गराउन याे कार्य भइरहेकाे छ, मैले कुनै निर्देशन दिएको छैन,’ उनले भने ।

Related posts

मतदातालाई प्रभावित पार्न छठको बहानामा काँग्रेसले साडी बाँडदै

MadhesKhabar

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

MadhesKhabar

मधेश प्रदेश सभामा विपक्षी बिनानै दुई विधेयक पारित

MadhesKhabar

Leave a Comment