Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा मुस्लिम बालिका र किशाेरीलाई खाेप लगाएर सुरु गरियाे एच.पी.भी. खाेप अभियान

तस्बिर :माधुरी महताे।

वीरगन्ज,२२माघःमहिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप अभियान पर्सा जिल्लामा पनि मंगलबारदेखि सुरु भएको छ।

मंगलबार पर्साकाे वीरगन्ज महानगरपालिका-१४ बहुअरीस्थित मदरसा ताैहिदुल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अध्यनरत मुस्लिम समुदायका बालिका र किशाेरीहरुलाई एच.पी.भी. खाेप लगाएर खाेप अभियानकाे सुभारम्भ गरिएको हाे।

 

स्वास्थ्य कार्यालय पर्साले मदरसामा आयाेजना गरेकाे खाेप अभियान सुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्यकर्मीलाई खाेप हस्तान्तरण गरेर खाेप अभियान सुभारम्भ कार्यमक्रमकाे उद्घाटनपनि गरे।त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह,वडाध्यक्ष महबुब इलाही लगायतकाकाेपनि उपस्थिति थियाे।

 

मंगलबारदेखि सुरु खाेप अभियान अन्तर्गत पर्सा जिल्लामा ३८ हजार भन्दा बढी बालिका र किशोरीहरुलाई लगाउने लक्ष्य रहेकाे स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुरले बताए ।

 

उनका अनुसार, माघ २२ देखि सुरु भइ फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पी.भी. खोप अभियान–२०८१ अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा गरी ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरुलाई खाेप लगाइने छ । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइनेछ।पर्सामा एच.पी.भी. खोप अभियान पर्सा दुई चरणमा सञ्चालन हुनेछ।

 

ठाकुरका अनुसार अभियान अन्तर्गत पहिलाे चरणमा माघ २२ गतेदेखि वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाउन सुरु गरिएको छ ।पहिलाे चरणकाे अभियान माघ २८ गतेसम्म चल्ने छ।

 

यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समुहका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने ठाकुरुले जानकारी दिए ।

उनका अनुसार, जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा १६ हजार ९ सय ४७ जना बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइनेछ ।

एच.पी.भी. खोप अभियान अन्तर्गत जिल्लामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरिएकाे उनले बताए । अभियानको अन्तिम दिन फागुन ६ गते खोप लगाउन छुटेका बालिका र किशोरीहरुका लागि जिल्लाका हरेक वडामा रहेका स्वास्थ्य संस्थामा खोपकेन्द्र स्थापना गरेर एच.पी.भी. खोप लगाइने ठाकुरले बताए ।

 

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुदैं आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधी डाक्टर सुरेश शुक्लाले बताए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा चार जना महिलाको मृत्यु हुने गरेके जानकारीपनि उनले गराए।

 

शुक्लाका अनुसार, गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोपकेन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरुले एच.पी.भी. खोप लगाएका थिए ।

Related posts

ठोरीका गायक दीपक लामाको सेलो गीत ’साहिँली’ सार्वजनिक

MadhesKhabar

आफ्नै नाबालिक छाेरीलाई याैन दुर्ब्यवहार गरेकाे भिडियो सार्वजनिक गर्ने पुरुष वीरगन्जमा पक्राउ

MadhesKhabar

ठाकुरराम क्याम्पसमा आगजनी ,३ विद्यार्थी पक्राउ

MadhesKhabar

Leave a Comment