Madhes Khabar
राजनीति

पर्सामा काग्रेस–एमालेको दुई दलीय संयन्त्रको बैठक सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने

वीरगन्ज,२मंसिरःनेपाली पर्सामा काग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्रको बैठक आइतवार बीरगन्जमा बसेको छ ।बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणको लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्री र सांसदसंग छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

जिल्लाको विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली काग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णयपनि बैठकले गरेको छ ।

नेपाली काग्रेस पर्साका सभापति तथा प्रदेश सरकारका भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा काग्रेस उप–सभापति रामनारायण कुर्मी,जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एंव पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता थियो ।

नेपाली काग्रेस र नेकपा एमाले को नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलिय संयन्त्र बनाइएको छ।

 

Related posts

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेसको शक्ति भनेकै जनता र पार्टीका कार्यकर्ता हुन्

MadhesKhabar

ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

MadhesKhabar

Leave a Comment