Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाई मन्दिरको दान पेटीकाबाट थप साढे ७ लाख नगद र ९ थान गहना भेटी संकलन

वीरगन्ज,२मंसिरःबाराको महागढीमाई नगरपालिकाको बरियारपुरमामा रहेको गढीमाई मन्दिरमा राखिएको दान पेटिका थप साढे ७ लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ ।

दोश्रो पटक शनिबार खोलिएको चार वटा दान पेटीकाबाट ५ लाख २४ हजार १६५ रुपैयाँ र नगदी रसिदबाट २ लाख १४ हजार ५७२ रुपैयाँ गरी ७ लाख ४२ हजार ७३६ रुपैयाँ भेटी संकलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।यस्तै दान पेटिकाबाट सुनका गहना ५ थान र चाँदीको गहना ४ थानसमेत संकलन भएको उनले बताए ।

गढीमाई मन्दिर प्रांगणमा राखिएका चार वटा दान पेटीकाबाट कात्तिक १४ देखि कार्तिक ३० गतेसम्म १७ दिनको अवधिमा उक्त भेटी संकलन भएको उनले बताए ।

यसअघि दसैंको घटस्थापना अर्थात असोज १७ देखि कार्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ गनद तथा नगदी रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ गरी कूल ९ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको थियो ।साथै दान पेटीकाबाट पाँच वटा सुनको तिलहरी गरी ७ थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा संकलन भएको थियो ।

दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने अध्यक्ष यादवको भनाई छ ।

Related posts

वीरगन्जमा श्रीराम उत्सवमा निकालियाे भब्य शाेभा यात्रा,`हिन्दु राष्ट्र कायम गर´ काे लाग्याे नारा

MadhesKhabar

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

रौतहटमा मतपेटिका लुटियो,तोडफोड र आगजनी,अवस्था तनावग्रस्त

MadhesKhabar

Leave a Comment