Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाई मन्दिरको दान पेटीकाबाट थप साढे ७ लाख नगद र ९ थान गहना भेटी संकलन

वीरगन्ज,२मंसिरःबाराको महागढीमाई नगरपालिकाको बरियारपुरमामा रहेको गढीमाई मन्दिरमा राखिएको दान पेटिका थप साढे ७ लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ ।

दोश्रो पटक शनिबार खोलिएको चार वटा दान पेटीकाबाट ५ लाख २४ हजार १६५ रुपैयाँ र नगदी रसिदबाट २ लाख १४ हजार ५७२ रुपैयाँ गरी ७ लाख ४२ हजार ७३६ रुपैयाँ भेटी संकलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।यस्तै दान पेटिकाबाट सुनका गहना ५ थान र चाँदीको गहना ४ थानसमेत संकलन भएको उनले बताए ।

गढीमाई मन्दिर प्रांगणमा राखिएका चार वटा दान पेटीकाबाट कात्तिक १४ देखि कार्तिक ३० गतेसम्म १७ दिनको अवधिमा उक्त भेटी संकलन भएको उनले बताए ।

यसअघि दसैंको घटस्थापना अर्थात असोज १७ देखि कार्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ गनद तथा नगदी रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ गरी कूल ९ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको थियो ।साथै दान पेटीकाबाट पाँच वटा सुनको तिलहरी गरी ७ थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा संकलन भएको थियो ।

दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने अध्यक्ष यादवको भनाई छ ।

Related posts

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment