Madhes Khabar
खेलकुद हेडलाइन

यु–१९ महिला क्रिकेटर वीरगन्जकी साना र कलैयाकी अलिशालाई सिमरामा भब्य स्वागत

सिमरा,१मंसिर: महिला यु–१९ विश्वकपमा छनौट हुन सफल यु–१९ राष्ट्रिय टोलीका दुई खेलाडीलाई शनिबार बाराको सिमरा विमानस्थलमा स्वागत गरिएको छ। काठमाडौंबाट हवाई मार्ग हुँदै गृह जिल्ला फर्कने क्रममा राष्ट्रिय टिमकी ओपनर साना प्रविन र विकेटकिपर अलिशाकुमारी यादवलाई स्वागत गरिएको हो।

 

साना वीरगन्जकी हुन् भने अलिशा कलैयाकी हुन्। उनिहरुलाई अभिभावक, परिवारका सदस्य, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल, बारा जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, खेलाडी, खेलप्रेमी लगायतले स्वागत गरेका थिए।

युएईमा सम्पन्न महिला यु–१९ विश्वकप एसिया छनौटमा नेपालले घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै विश्वकप यात्रा तय गरेको थियो। युएईविरुद्ध एतिहासिक जित दर्ता गर्ने क्रममा वीरगन्जकी सानाले अविजित ३५ रन बनाएकी थिइन्।

 

सिमरामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सानाले इतिहास रच्न सफल भएको खुसी लागेको बताइन्। यसैगरी अलिशाले नेपाली महिला टोलीका लागि यो सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धि रहेको प्रतिक्रिया दिइन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

MadhesKhabar

सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

MadhesKhabar

नेपाल ए क्यानडासंग ४ विकेटले पराजित

MadhesKhabar

Leave a Comment