Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

अस्ताउँदाे सुर्य र छठी मातालाई छठका ब्रतालुले दिए अर्घ

वीरगन्ज,२२ कार्तिक : लाेक आस्था र सूर्य उपासनाकाे महापर्व छठ पूजाको मुख्य दिन बिहीबार साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका छन् ।

कार्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्बकाे तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन बिहीबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिएका हुन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा बिहीबार साँझ सुर्य भगवान र छठीमातालाइ अर्घ दिन ब्रतालुहरु पुगेका थिए।

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्वको अन्तिम दिन सप्तमी तिथीका दिन शुक्रबार बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।

 

यसअघि बुधबार देखि निर्जला ब्रत लिएका ब्रतालुहरुले बुधबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

छठ पर्ब गत मंगलबार देखि विधीवत रुपमा सुरु भएको हो ।कार्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठको पहिलो दिन मंगलबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्ब कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्बमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

Related posts

वीरगन्ज महानगरको कार्यालय सन्चालनका लागि बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

MadhesKhabar

मधेसमा खेती गर्ने जग्गा ११ प्रतिशतले घट्यो

MadhesKhabar

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

MadhesKhabar

Leave a Comment