वीरगन्ज,१६कार्तिकःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा मुस्लिम समुदायका लागि नवनिर्मित विवाह भवनका उद्घाटन गरिएको छ । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार बिहान उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकोपनि विशेष उपस्थिती रहेको थियो ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगन्ज महानगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा बहुअरीमा मुस्लिम समुदायका लागि विवाह भवनको निर्माण गरिएको हो । उक्त भवनमा एउटा हल र दुई वटा कोठा रहेका छ ।
विवाह भवनको उद्घाटन गर्दै मन्त्री यादवले बहुअरीमा नवनिर्मित विवाह भवनले मुस्लिम समुदायका सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्नमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।यस्तै विशेष अतिथीका रुपमा सहभागी वीरगन्जका मेयर सिंहले महानगरमा रहेका रहेक धर्म,जात र समुदायको उत्थानका लागि महानगरले काम गरिरहेको बताए ।
मन्त्री यादवको प्रमुख आतिथ्यता तथा वीरगन्जका मेयर सिंहको विशेष उपस्थितीमा भएको उद्घाटन कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अअन्सारी,जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज–१४ का वडाध्यक्ष महबुब एलाही, मधेस प्रदेश सरकारको उर्जा ,सिंचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी,जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगायतकोपनि सहभागीता रहेको वीरगन्ज–.१४ का वडा सदस्य कुन्दन पटेलले जानकारी दिए ।

