Madhes Khabar
स्थानिय

वीरगन्ज यातायात कार्यालयमा अख्तियारको प्रत्यक्ष निगरानीमा भयाे लाइसेन्सकाे ट्रायल परीक्षा

फाइल तस्बिर ।

 

वीरगन्ज,१०कार्तिक:वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयले लिने सवारी चालक अनुमति पत्र (लाइसेन्स) काे ट्रायल परीक्षा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे प्रत्यक्ष निगरानीमा सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी विर्तास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरमा तीन महिनादेखि राेकिएकाे लाइसेन्सकाे ट्रायल परीक्षा शनिबार अख्तियारकाे निगरानीमा लिइएको हाे।शनिबार मोटरसाइकल र स्कुटर सवारी चालक अनुमतिपत्रको लागि ट्रायल परीक्षा भएको हाे।यसपटकको ट्रायल परीक्षा हुदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले प्रत्यक्ष रूपमा निगरानी गरेकाे हाे।

मधेस प्रदेशकाे श्रम तथा यातायात मन्त्रालयले तीन महिनादेखि राेकिएकाे ट्रायल शुरू गर्ने आदेश दिएपछि यातायात व्यवस्था कार्यालय वीरगन्जले कार्तिक ४ गते सूचना जारी गरी, मोटरसाइकल, स्कुटर ,कार जिप, अटाे रिक्सा चालककाे लाइसेन्सका लागि आवेदन खुला गरेको थियो।

उक्त सूचनाअनुसार कार्तिक ९ गते लिखित परीक्षा सम्पन्न भएको थियो भने आज शनिबार ट्रायल परीक्षा लिइएको हो।

शनिबार भएको ट्रायल परिक्षाकाे निगरानीका लागि अख्तियारबाट प्रहरी निरीक्षक विमल गिरी नेतृत्वको टाेली खटिएको थियाे।यस्तै परीक्षामा कार्यालयका ट्रायल प्रमुख नितेश्वर यादव, ट्राफिक प्रहरीका बरिष्ठ प्रहरी नायब निरीक्षक गुणनीधि खकुरेलपनि खटिएका थिए ।

शुक्रबार भएको लिखित परीक्षामा सहभागी कुल १ हजार ६ सय ९० मध्ये १ हजार २ सय ४८ जना पास भएका थिए ।लिखितमा पास भएका १ हजार २ सय ४८ जना शनिबारको ट्रायल परीक्षामा सहभागी भएका थिए ।

 

झन्डै तीन महिना राेकिएर शनिबारदेखि पुन लाइसेन्सकाे लागि ट्रायल परीक्षा सुचारू भएपछि सेवाग्राहीलाई राहत मिलेको छ। यातायात कार्यालयले आगामी दिनमा लाइसेन्सकाे लिखित र ट्रायल परीक्षालाई थप व्यवस्थित र नियमित गर्न पहल गर्ने योजना समेत बनाएको छ।

Related posts

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

ठेकेदारले ७ करोडमा हत्याएको ठेक्का खारेज गरेर वीरगन्ज महानगरले लगायो साढे १२ करोडमा

MadhesKhabar

पथलैया खानेपानी उपभोक्ता समितिमा लामाको प्यानल नै निर्वाचित

MadhesKhabar

Leave a Comment