वीरगन्ज,१०कार्तिक:वरिष्ठ पत्रकार स्व. सुदर्शन राज पाण्डेको ४५ ओैं दिनकाे पुण्यतिथिमा शनिबार वीरगन्जमा श्रद्धाञ्जली सभा आयाेजना गरिएको छ।
वीरगन्जको हाेटल गेटवे वीरगन्जमा स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानले आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा बाेल्ने वक्ताहरुले स्व. पाण्डे पत्रकारितामा साहसीकाे अर्काे नाम भएकाे स्मरण गरे।उनिहरुले पत्रकारिता क्षेत्रमा स्व. पाण्डेले देखाएको बाटाे अहिलेका पुस्ताका लागि मार्गदर्शन भएकाे बताए ।
उनिहरुले स्व. पाण्डेले पत्रकारिता गर्दा कुनै पनि लाेभलालच र दबाब प्रभावमा नपरि पूर्ण निष्ठावन भई पत्रकारिता पेशाकाे ईमान र साखलाई जाेगाएकाले पाण्डेकाे नाम पर्साकाे पत्रकारिताकाे इतिहासमा अमर रहने बताए ।
स्व. पाण्डेलाई नेपाल पत्रकार महासंघ पर्साले उचित सम्मान दिनुपर्ने सुझावपनि उनिहरुले दिए।
प्रतष्ठानका अध्यक्ष तुलसी भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का,नेपाल प्रेस युनियन पर्साका पूर्व अध्यक्ष पुरुषाेत्तम भट्टराई,शीवशंकर साह,आरसी यादव,आशिक अन्सारी लगायतकाले स्व. पाण्डेका बारेमा चर्चा गरेका थिए ।

