Madhes Khabar
राजनीति

पर्सामा जसपा नेपालबाट निर्वाचित ५ जना वडा सदस्यहरू जसपामा प्रवेश

वीरगन्ज,११०कार्तिकःपर्साका विभिन्न पालिकाका वडामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका पाँच जना वडा सदस्यहरु जसपा नेपाल परित्याग गरी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ मा जसपा नेपालबाट निर्वाचत निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी , लालसाह देवी र तेतरी देवी तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा नेपालबाटै निर्वाचित वडा सदस्य जगन महतोपनि जसपामा प्रवेश गरेका हुन् ।

यस्तै जसपा नेपालको विन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्ष रमेश साह तेलीको नेतृत्वमा ४० सदस्यीय गाउँपालिका कमिटीपनि जसपामा समाहित भएको छ ।

शनिबार वीरगन्जमा जसपा पर्साले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री तथा जसपाका केन्द्रिय उपमहासचिव प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्री यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हुकुमीशैलीले उक्त पार्टीमा रहेर राजनीति गर्न नेताकार्यकर्र्तालाई निक्कै सकस रहेकाले जसपा नेपाल छाडेर जसपामा प्रवेश गर्नेहरुको लहर जारी रहेको बताए । नवप्रवेशीहरुको जसपा प्रवेशले पार्टी अझ मजबुत हुदैं गएको भन्दै उनले भने,‘ हामी सबै मिलेर जनताको हकहित र समृद्धिका लागि समर्पित भावनासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।पार्टीको यो बृहत विस्तार हाम्रो सामूहिक प्रयास र जनआकांक्षप्रति थप जिम्मेवारीको संकेत हो ।’

जसपाका पर्सा जिल्ला अध्यक्ष सिंगाासन साह कलवारको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यता एंव वीरगन्जका मेयर सिंहको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

Related posts

पर्सा-२ मा रास्वपा उम्मेदवार सुशीलप्रति युवाहरुकाे आकर्षण बढ्दै

MadhesKhabar

बालेन-सुधनको अर्को निशाना उपेन्द्र र बादल

MadhesKhabar

पर्सा २ मा काँग्रेसको लोकप्रियता बढ्दै, जसपाका प्रभावशाली नेताहरु काँग्रेस प्रवेश

MadhesKhabar

Leave a Comment