Madhes Khabar
खेलकुद

अमेरिकाले सन्दीप लामिछानेलाई दियो भिसा, आजै बेलुका उड्ने

फाइल फोटो

काठमाडौं,२कार्तिकःक्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै(शुक्रबार) बेलुकी अमेरिका प्रस्थान गर्नेछन् ।

अमेरिकामा जारी तीन खेलको टी–२० शृंखला शुक्रबारदेखि सुरू भएकोमा पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।साभारः नेपालप्रेस

 

 

Related posts

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

MadhesKhabar

मलेशियालाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

इन्डोनेसियामाथि किर्तिमानी जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment