
वीरगन्ज,२४असोजःवीरगन्जमा सशस्त्र प्रहरी पर्साले हुण्डीको रकमसहित एक कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारको रक्सौल नगर पन्चायतमा पर्ने नागा रोडका ५८ वर्षीय अनिल कुमार रुंगटा रहेका छन् ।
वीरगन्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच क्रममा रुंगटालाई हुण्डीकोे रकम र प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगन्ज आउँदै गरेको बीआर ०५ एएम २६६४ नम्बरको स्कुटर रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा स्कुटर चालक रुंगटाको साथबाट नेपाली ३ लाख ५३ हजार रुपैयाँ र नेपालमा प्रतिबन्धित भारतीय ५०० दरको नोट १७ हजार ५ सय रुपैयाँ बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल गण १३ नम्बर हेडक्वाटर पर्साकाा प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।
हुण्डीको रकमसहित पक्राउ परेकाक रुंगटालाई आवश्यक कारबाहीका लागि वीरगन्न्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

