Madhes Khabar
समाज

बाराकाे एल.एस.न्युराे हस्पिटलमा आयाेजित कार्यक्रममा ६० जनाले गरे रक्तदान

वीरगन्ज,१६असाेज:बाराकाे परवानीपुर गाँउपालिका-५ नाैतनस्थित एल.एस. न्यूराे एण्ड जेनरल हाेस्पिटलमा आयाेजित रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन्।दशैं,तिहार र छठ पर्वकाे उपलक्ष्यमा बुधबार अस्पताल परिसरमै आयाेजित रक्तदान कार्यक्रममा ७ महिलासहित ६० जनाले रगत दान गरेका हुन् ।

रगत दान गर्नेहरुमा रिंकु देवी, विनु सिंह,निशा मगर,रामजी पटेल, संदिप कुमार साह, सुमित साह, सिमादेवी पटेल,राहुल साह, महेश साह, विकेश पटेल,सन्ताेष कुमार,निरज कुमार साह, चन्द्रिका प्रसाद साह, सिकेन्द्र साह, दिनेश राम,सागर कुमार साह, दिपेन्द्र कुमार यादव, शिव पटेल, मुन्ना ठाकुर, सुकेश पटेल, अर्जुन पटेल, जितेन्द्र शर्मा, रामाकान्त साह, राहुल कुमार राैनियार,राकेश प्रसाद साह तेली लगायतका रहेका छन्।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस बारा क्षेत्र नंबर ४ (२) को क्षेत्रिय सभापति लाेकेश सिंह, नेकपा एमालेका युवा नेता उमेश गुप्ता,नेपाल तरुण दल बाराका सभापती दिपेन्द्र पटेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतकाेपनि उपस्थिति थियो ।

Related posts

पर्साको दलित बस्तीका ३ सय बढी बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

वीरगन्जका छुट्टा छुट्टै स्थानमा आयोजित कार्यक्रममा २४४ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा अनियमति विधुत कटौती हुन थालेपछि विधुत प्राधिकरण विरुद्ध प्रदर्शन

MadhesKhabar

Leave a Comment