Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा बाढी र डुबानबाट पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

जनकपुरधाम,१४असोजः मधेस प्रदेशमा बाढी र डुबानबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।बाढीले बगाएर दुईजना बेपत्तापनि भएका छन् ।यस्तै अन्य ८ जना घाइतेपनि भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २–२ जना पुरुष तथा सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् । ९ वटा चौपाया मरेका छन् । ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको बोहराले बताए ।यस्तै बाढी र डुबानबाट पाँच सय मानिस घरबाट विस्थापित भएको प्रहरीले जनाएको छ ।साभारःअनलाइनखबर

Related posts

कलैया उपमहानगरमा जितेका जनप्रतिनिधीहरुको सम्पति विवरण सार्वजनिक गर्न माग

MadhesKhabar

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

इजरायलमा मारिएका धनुषाका साहकाे परिवारलाई मधेस सरकारले ५ लाख दिने

MadhesKhabar

Leave a Comment